संसद भवनको निर्माण निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत

२०८२ भाद्र १९ बिहीवार
सारांश
  • समितिका सभापति ठाकुर गैरेले संसद भवनको निर्माण कार्यप्रति गम्भीर चासो व्यक्त गर्दै पछिल्लो समय म्याद थप्ने विषय उठेसँगै समिति सक्रिय भएको बताए ।

काठमाडौं : राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिले बिहीबार निर्माणाधीन नयाँ संसद भवनको अवलोकन गरेको छ । अवलोकनपछि समितिले निर्माण कार्य निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत देखिएको निष्कर्ष निकालेको छ ।


समितिका सभापति ठाकुर गैरेले संसद भवनको निर्माण कार्यप्रति गम्भीर चासो व्यक्त गर्दै पछिल्लो समय म्याद थप्ने विषय उठेसँगै समिति सक्रिय भएको बताए । उनले भने, ‘हामीले मन्त्रालयसँग म्याद किन थप्ने, कति समय थप्ने र त्यो समयभित्र निर्माण कार्य सम्पन्न हुने सुनिश्चितता कसरी गर्ने भनेर प्रश्न गरेका थियौं ।’


सभापति गैरेका अनुसार सरकारका प्रतिनिधिहरूले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी म्याद थपिएको बताएका थिए । तर हालको कामको गति र प्रगतिको मूल्याङ्कन गर्दा त्यो सम्भव नदेखिएको समितिको ठम्याइ छ ।


‘हामीले सरकारसँग हरेक महिनाको वर्किङ क्यालेन्डर माग गरेका थियौं,’ गैरेले भने, ‘तर आज हेर्दा सरकारले दिएको रिपोर्ट र वर्किङ क्यालेन्डर अनुसारको काम भइरहेको छैन ।’


सभापति गैरेले कामदारहरुको संख्या, त्यसमा हरेक १५ दिनमा हुनुपर्ने कार्य प्रगति रिर्पोट हेर्दाखेरि त्यो थपिएको समयमा सम्पन्न गर्ने स्पिडको काम नभएको बताए ।


उनले भने, ‘आज आएर हेर्दाखेरि सरकारको तर्फबाट प्रदान गरिएको रिर्पोट र वर्किङ क्यालेन्डर अनुरुपको काम भैइरहेको देखिएन, छैन । कामदारहरुको संख्या, त्यसमा हरेक १५ दिनमा हुनुपर्ने कार्य प्रगति रिर्पोट हेर्दाखेरि त्यो थपिएको समयमा सम्पन्न गर्ने स्पिडको काम चाँही नभएको हामीले देखेका छौं ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार